सीमानामा अवैध रकमको ओसारपसार, मोटरसाइकल चढेका बाबुछोरा पक्राउ

सीमानामा अवैध रकमको ओसारपसार, मोटरसाइकल चढेका बाबुछोरा पक्राउ

पछिल्लो समयमा नेपाल र भारतको सीमा नजिकै यताको रकम उता र उताको रकम यता ल्याउने क्रम बढेको छ । त्यसक्रममा स्रोत नखुलेको नेपाली रुपैयाँ ४ लाख ५१ हजार र भारतीय रुपैयाँ १ हजार ८ सय ८६ सहित बाबु र छोरा समातिएका छन् ।

पक्राउ पर्नेमा रौतहट जिल्ला ईशनाथ नगरपालिका ३, औरैया बस्ने २९ वर्षीय निरजकुमार साह र उनका बुबा ७० वर्षीय रामचन्द्र राउत हुन् । नेपालबाट भारततर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको मोटरसाइकल बीआर ३० वाई ७२२२ नम्बरको मोटरसाइकललाई प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चढेका बाबुछोराको साथबाट उक्त परिमाणको स्रोत नखुलेको रकम फेला परेको हो ।

टिप्पणीहरू