​पुरानो हिसाबले डाक्टर फत्रक्क

दस लाख रकम तिर्न नसक्दा गोरखामा बाबुराम भट्टराईको कार्यकर्ताको भागाभाग छ । एकपटक अर्थमन्त्री र एकपटक मुलुकको कार्यकारी प्रधानमन्त्री भइसकेका व्यक्तिले जाबो गाउँका खाजा पसलमा खाएको खाजाको पैसा तिर्न नसक्दा कार्यकर्ता मुख लुकाएर हिँड्न बाध्य छन् । प्रसंग हो, पूर्वप्रधानमन्त्री एवं नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईको । अघिल्लो निर्वाचन लड्दा उनी र उनका कार्यकर्ताले जिल्लाका विभिन्न पसलमा खाएको उधारो तिर्न नसक्दा त्यहाँ भागाभाग मच्चिएको हो । 

 आफ्नै गृहजिल्ला र निर्वाचन क्षेत्र दर्बुङ, घ्यालचोक, फुजेल, भुम्लिचोक, घैरुङ, नाम्जुङ, बुङकोटका विभिन्न होटलमा उधारो खाएको १० लाखभन्दा बढी तिर्नु छ । स्रोतका अनुसार अघिल्लो निर्वाचनमा दर्बुङ गाविसका होटलमा खाएको उधारो तीन लाख, नारायण श्रेष्ठको गाउँ घ्यालचोकमा २ लाख, नन्दमाया अधिकारीहरूको गाउँ फुजेलमा २ लाख, भुम्लिचोकमा १ लाख र घैरुङ, नाम्जुङ, बुङकोटलगायत स्थानका होटलमा उधारोे खाएको १० लाख बढी तिर्नु छ । सो रकम नतिर्दा त्यहाँका होटलवाला नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईसँग आगो भएका छन् । उनीहरूले नयाँ शक्तिका जिल्ला संयोजक तथा प्रचण्डका पूर्वस्वकीय चूडामणि खड्कालाई केही दिनअघि सार्वजनिक रूपमै हकारेका थिए । गत साता मात्र गण्डकी गाउँपालिकाको प्रशिक्षण कार्यक्रममा यो कुरा त्यहाँ जोडतोडसाथ उठेको थियो । स्थानीयले चूडामणिलाई जागिर पनि दिन नसक्ने, पुरानो ऋण पनि तिर्न नसक्ने भन्दै ¥याख¥याख्ती पारेका थिए । दोस्रो संविधानसभा निर्वाचन सकिएको तीन वर्ष बितिसक्यो । सोही जिल्लाको निर्वाचनमा भट्टराईले गोरखा क्षेत्र नम्बर १ बाट प्रतिनिधित्व गरेका थिए । निर्वाचन क्रममा उनी र उनका कार्यकर्ताले गोरखाका विभिन्न पसलमा खाएको उधारोे नतिर्दा डा. बाबुराम भट्टराईसहित चूडामणिहरू आलोचित हुन थालेका छन् । 

 निर्वाचनमा भाग लिँदा भएको खर्च भुक्तानी माग्दा अहिले आफूले पार्टी परित्याग गरिसकेका कारण अब माओवादी केन्द्रसँगै पैसा माग्नू भन्दै बाबुराम उम्कने गरेको त्यहाँका एक स्थानीय व्यापारीले टेलिफोनमा दुखेसो पोखे । उसो त उनी मात्र होइन, हालै मात्र बिनाविभागीय राज्यमन्त्री बनेका छमबहादुर गुरुङको समेत गोरखा क्षेत्र नम्बर ३ मा चुनाव लड्दा होटलमा खाएको १० हजार रुपैयाँ तिरेका थिएनन् । जुन रकम उनले केही दिनअघि मात्र चुक्ता गरेका हुन् । संयोग यस्तो प¥यो, पैसा तिरेको १० दिनपछि नै उनी मन्त्री बन्न सफल भए । अर्काे रोचक प्रसंग फेला पारेको छ । अहिले मुठीदानको भरमा पार्टी चलाइरहेका नयाँ शक्ति नेपालको संयोजक बाबुराम भट्टराईको जिन्दगी भने आफ्नै एनजिओको भरमा धानिएको रहेछ । एमाले पार्टी एनजिओले चलाएको भन्दै गाली गर्नै बाबुराम भट्टराई अहिले एनजिओकै रकमले बाँचेका छन् । पर्दापछाडि आफू बसेर उनले केही वर्षअगाडि आफू प्रधानमन्त्री हुँदा नै गोरेटो गोरखा नामक संस्था खोलेका हुन् । जसको अध्यक्षको जिम्मेवारी दिइएको छ, निरञ्जनरमण खनाललाई ।

उनी पवनरमण खनालका भतिज हुन् । पवनचाहिँ एक्सफार्म नामक विदेशी आइएनजिओमा कार्यरत छन् र उनीमार्फत नै गोरेटो गोरखाले वार्षिक करोडौं अनुदान लैजाने गरेको छ । यसका अलावा गोरेटो गोरखा संस्थालाई बाबुराम आफैंले जन्माएको गरिबी निवारण कोषबाट ठूलो आर्थिक सहायता लैजाने गरेको छ । यीबाहेक अन्य ७÷८ वटा संघसंस्थाबाट अनुदान जुटाएर गोरेटो गोरखा संस्था चलिरहेको छ । मजदुरका पक्षमा ठूला ठूला भाषण गरी नथाक्ने बाबुरामको गोरेटो गोरखा संस्थामा कार्यरत कर्मचारीले भने तनखा थाप्न तीन महिनादेखि सात महिनासम्म कुर्नुपर्छ । यति मात्र होइन, गोरेटो गोरखामाथि अर्काे पनि उजुरी परेको छ ।

सौरपानीमा भूकम्पपीडितलाई जस्तापाता वितरण गर्छु भन्ने आश्वासन दिएर झुक्याएको त्यहाँका पीडितको गुनासो छ । अक्सफार्म नामक आइएनजिओसँगको सहकार्यमा गोरेटो गोरखाले सौरपानीका सबै भूकम्पपीडितलाई प्रतिघरधुरी १८ थान जस्तापाता दिने आश्वासन दिएको थियो । तर, अहिलेसम्म सबै पीडितले जस्तापाता नपाएको त्यहाँका स्थानीयले जनआस्थासँग दुखेसो पोखेका छन् ।  

टिप्पणीहरू