मिलमा आगो,चिउरा र मेशिन खरानी

मोरङको एउटा चिउरा मिलमा आगलागी हुँदा सबै धनमाल खरानी भएको छ । सुनवर्षी नगरपालिका ३, नर्बु चोकस्थित अरुण सिंहको चिउरा मिलमा आगलागी हुँदा दुई वटा चिउरा कुट्ने मेसिन,स्टोरमा राखिएको धान,भुस,पिठो र चिउरा समेत जलेर नष्ट भएको हो ।

आगलागीबाट झण्डै ७० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको बताइएको छ । मिल मालिकले आफूले काम गरिरहेको अवस्थामा विद्युत सर्ट भई आगलागी भएको बताएका छन् ।

प्रहरी, स्थानीयवासी र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा आइसकेको छ ।

टिप्पणीहरू