घरभाडामा लिएर जुवा खेलाउन थालियो, ९ जना समातिए

घरभाडामा लिएर जुवा खेलाउन थालियो, ९ जना समातिए

काठमाडौंको कागेश्वरी मनोहरा १, ठूलाढिकबाट ९ जना जुवाडे समातिएका छन् । दशैं नलाग्दै जुवाको बिगबिगी भएपछि प्रहरीले जुवाडे खोज्ने क्रम बढेको हो ।

राजधानीमा पक्राउ पर्नेमा ३८ वर्षीय बिरेन तामाङ,३७ वर्षीय सन्जय तामाङ, ५५ वर्षीय विश्व खड्का, ४४ वर्षीय आशिक लामा,३९ वर्षीय हर्कबहादुर तामाङ,३८ वर्षीय शिवहरि खड्का, २२ वर्षीय दिनेश तामाङ र ५० वर्षीय अर्जुन तामाङ हुन् ।

उनीहरुबाट प्रहरीले एक लाख सात हजार एक सय ५० रुपैयाँ र ३ बुक ताससमेत बरामद गरेको छ । खोटाङको खोटेहाङ गाउँपालिका ८, घर भई हाल कागेश्वरी मनोहरामा बस्ने बिरेन तामाङले प्रदीप खड्काको घर भाडामा लिएर जुवा तास खेलाउने गरेको तथ्य पनि खुलेको छ ।

टिप्पणीहरू