एमाले बैठकमा कुरा त यतिसम्म उठे नि !

एमाले बैठकमा कुरा त यतिसम्म उठे नि !

अस्तिदेखि जारी एमालेको केन्द्रीय समिति बैठक आज पनि हुँदैछ । अस्ति र हिजो दुई दिनको लागि बोलाइएको बैठकमा १० टोलीबाट दिइएका सुझावकोवारेमा अध्यक्ष केपी शर्मा ओली,महासचिव इश्वर पोख्रेल र उपमहासचिव बिष्णु पौडेलले टिप्पणी गर्ने कार्यतालिका छ ।

अर्को शुक्रबारदेखि शुरु हुने विधान महाधिवेशनमा प्रस्तुत गरिने विधान संशोधन प्रस्ताव र राजनीतिक प्रतिवेदनको मस्यौदामाथि बैठकमा छलफल भएको हो । अधिकांश सदस्यले विधानमा प्रस्ताव गरिएका कतिपय विषयमा गम्भिर प्रश्न उठाएका छन् ।

विशेषगरी उमेर हदको विषय अहिले पनि पेचिलो बनेको छ । छलफलमा ‘विचारले पो पार्टीको नेतृत्व गर्ने,उमेरले हो र ? त्यसैले उमेर हद ७० वर्ष नराखौँ, पदाधिकारीको हकमा दुई कार्यकाल पनि कायम राखौं र सदस्यचाहिँ जतिपटक पनि दोहोर्याउने गरी अघि बढौं,’ भनिएको एक जना स्थायी समिति सदस्यले जानकारी दिएका छन् ।

अब पोलिटब्युरोबाट हटेका कमरेडहरु कता जाने ? किनकि स्थायी समिति सानो छ,ती सबै अटाउँदैनन् । अध्यक्ष केपी ओली सल्लाहकारतिर सर्न नमानेजस्तै पोलिटब्युरो सदस्य भइसकेको कमरेड केन्द्रीय समितिमा झर्ने कुरो पनि भएन ।”

कतिपय सदस्यले नयाँ संरचनामा प्रदेश कमिटीहरुलाई अधिवेशनबाट निर्वाचित हुन दिनुपर्ने,मनोनित गर्न भएन भनेका छन् । उनीहरुले प्रदेश कमिटीका अध्यक्षलाई पदेन केन्द्रीय समिति सदस्य बनाउन सुझाव दिएका छन् । ‘त्यसो गर्दा प्रदेश र केन्द्रबीच समन्वय हुन्छ,’ उनीहरुको तर्क हो यो ।

त्यसैगरी पार्टी सत्तारुढ दल बन्दा लाभको पदमा जाने र नजानेबीच खाडल गहिरिँदै गएकोप्रति पनि सदस्यहरुले बेलैमा सचेत हुन सुझाएका छन् । उनीहरुलाई एउटा नेता वा कार्यकर्ता कुनै कमिटीमा कार्यकारीको जिम्मेवारीमा छँदा लाभको पदमा जाने बेला विचार पुर्याउन भनिएको हो । त्यस्ता व्यक्ति मन्त्री वा अन्य लाभको पदमा नियुक्त भएमा स्वतः पार्टीको कार्यकारी पद खालि हुने भन्ने हिसाबले सोलोडोलो नीति बनाउन भनिएको छ ।

तर,यस्तो सुझाव कार्यान्वयन कति हुन्छ त्योचाहिँ भोलिको दिनले बताउने उनीहरुले भनेका छन् । अध्यक्ष ओलीका विगतका निर्णय र व्यवहारलाई हेरेर सदस्यहरुले त्यस खालको नीति बनाउन मिल्ने गरी विधान संशोधन गर्न भने पनि संस्थापन पक्षले खासै ध्यान दिएको देखिँदैन ।

“अध्यक्षसहित ७ जनाको सुपर कमिटी बनाउन अध्यक्ष ओलीले प्रस्ताव गर्नुभएको छ । पार्टीका १४ जना पदाधिकारीमध्येबाट कसलाई छानेर सुपर बनाउने ? ७ जनालाई कता फाल्ने ?”

बैठकमा उठेको अर्को सबैभन्दा ठूलो विषय महिला सहभागिता हो । पार्टीका सबै कमिटीमा ३३ प्रतिशत महिला नियुक्त हुनै पर्ने व्यवस्थालाई विधानमा समेट्न भनिएको छ । त्यसैगरी सबै कमिटीमा दुई जना उपाध्यक्ष राख्नै पर्ने र त्यसमा एउटा महिला हुनै पर्ने सुझाव आएको हो ।

सदस्यहरुले केन्द्रीय समितिमा ७ जना उपाध्यक्ष राख्नुपर्ने बताएका छन् । नयाँ संरचनाअनुसार प्रदेशको हिसाबले भौगोलिक समन्वयको लागि पनि त्यो गर्नु जरुरी भो भनिएको छ । उपाध्यक्ष बनाएपछि पार्टीले जे भूमिका दिए पनि हुने एकथरिको मत रहेको छ । अर्काथरिले पदाधिकारीमध्ये उपाध्यक्ष वा सचिवलाई भूगोल अर्थात् प्रदेशको इञ्चार्ज दिने गरी जिम्मेवारी तोक्नुपर्ने सुझाव दिएको बुझिएको छ ।

केही सदस्यले पार्टीमा रहेको पोलिटब्युरोको व्यवस्था नहटाउन पनि सुझाव दिएका छन् । एमालेमा पहिले मदन भण्डारीको पालामा पोलिटब्युरो हुँदा स्थायी समितिको व्यवस्था थिएन । पछि चिनियाँ कम्युनिष्ट पार्टीको मोडलमा पोलिटब्युरो र स्थायी समिति दुबै बनाइयो । चीनमा पोलिटब्युरोभित्र स्थायी समिति राखिएको छ ।

तर अहिले यहाँ एमालेमा पोलिटब्युरो हटाउनुपर्ने गरी बिधान मस्यौदा गरिएको छ । त्यसो हुँदा अब पोलिटब्युरोबाट हटेका कमरेडहरु कता जाने ? भन्ने अन्योल थपिने पक्का छ । किनकि स्थायी समिति सानो छ,ती सबै अटाउँदैनन् । अध्यक्ष केपी ओली सल्लाहकारतिर सर्न नमानेजस्तै पोलिटब्युरो सदस्य भइसकेको कमरेड केन्द्रीय समितिमा झर्ने कुरो पनि भएन ।

पार्टी अधिवेशनहरु फरक मितिमा हुँदा एकातिरको प्रभाव देखाएर अन्यत्र पनि नेताहरुले चलखेल गरेको आरोप लागेपछि अब अधिवेशन सबैतिर एकै दिन गर्ने कुरोसमेत बैठकमा उठेको छ । नगर,जिल्ला र प्रदेश कमिटीको अधिवेशनमा चलखेल र प्रभाव नहोस् भन्नाको लागि त्यसो गर्न सुझाव आएको एक जना सदस्यले बताएका छन् ।

पार्टीभित्र भिन्न मत राख्नेलाई ठीक साइजमा ल्याउन सचिवालयभित्र पनि ‘सुपर कमिटी’ बनाउन प्रस्ताव गरिएको छ । अध्यक्षसहित ७ जनाको सुपर कमिटी बनाउन अध्यक्ष ओलीले प्रस्ताव गर्नुभएको छ । पार्टीका १४ जना पदाधिकारीमध्येबाट कसलाई छानेर सुपर बनाउने ? ७ जनालाई कता फाल्ने ? भन्ने प्रश्नले सबैलाई पिरोल्ने निश्चित छ । त्यसो हुँदा सुपरमा नपर्ने पदाधिकारीलाई बेइज्जति र विभेदको अनुभूति हुने भएकाले त्यसो गर्न नहुने आवाज उठेको छ ।

दुई दिनको बैठक आगामी महाधिवेशन विधान केन्द्रित हुने भएकोले राजनीतिमाथि खासै सोझिएन । त्यसैले होला कसैले पनि राजनीतिक प्रतिवेदनको रौँ चिरा केलाएर अध्यक्षको कोपभाजनमा पर्न चाहेको देखिएन ।

तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालसहितका नेताहरुले सर्लक्क पार्टी छाडेर हिँडेकाले पनि ओलीको अधिकांश कमजोरी स्वतः ढाकिएको छ । उहाँले पार्टीभित्र समीक्षा र आत्मालोचना गर्नै नपर्ने अवस्था सिर्जना भएको छ । एमाले उच्च स्रोत भन्छ, ‘ओलीलाई हाइसञ्चो भएको छ । अब पुरानो तरिकाले पार्टी चल्दैन भन्दै नयाँ तरिकाको आवरणमा आफ्नै रोडम्यापअनुसार अघि बढ्न मार्गप्रशस्त भएको छ ।’

पार्टीमा नयाँ प्रणाली लागु हुने भनिए पनि नेतृत्वले स्पष्ट बाटो चाहिँ देखाएको छैन । २ नम्बर प्रदेशबाट माओवादी छाडेर एमाले प्रवेश गरेका रामचन्द्र मण्डलसम्मले बैठकमा, ‘कसैलाई पनि विभेद नगरियोस्,प्रस्तावमा यो यो कुरा छुटेको,’ भन्दै आफ्ना धारणा राखेका छन् । अरु माओवादी भने जम्मै चूपचाप । आज ती सबै जिज्ञासा र सुझावमाथि अध्यक्षको जवाफ आउने छ ।

टिप्पणीहरू