स्यानेटरी प्याडमा कर बढाउन पाईंदैन भन्दै ज्वाला संग्रौला र ज्ञानेन्द्र शाही एकै ठाउँ

स्यानेटरी प्याडमा कर बढाउन पाईंदैन भन्दै ज्वाला संग्रौला र ज्ञानेन्द्र शाही एकै ठाउँ

सरकारले महिलाहरुले महिनावारी हुँदा प्रयोग गर्ने स्यानेटरी प्याडमा कर बढाएको बिरोधमा दिनहुँ प्रदर्शन हुन थालेको छ । अधिकांश वयस्क महिलाले महिनापिच्छे र दशकौंसम्म प्रयोग गर्नुपर्ने प्याड महँगो भएकोमा सडक तातेको छ ।

हिजो रत्नपार्कमा धेरै महिला युवाको सहभागितामा बिरोध कार्यक्रम भएको हो । उनीहरुले स्यानेटरी प्याड निःशुल्क गर, सरकार ! भन्ने नारा लगाएका थिए । स्यानेटरी प्याड महँगो बनाइएको बिरोधमा आयोजित कार्यक्रममा उपस्थित सबैले आमयुवा लेखेको नीलो टिसर्ट लगाएका थिए ।

कार्यक्रममा सामाजिक अभियन्ता ज्वाला संग्रौला,ज्ञानेन्द्र शाही, हेमराज थापालगायतको उपस्थिति थियो ।

टिप्पणीहरू