भारतसङ्ग मिल्दै,रविभक्त म्याद गुज्रिएको चियापत्ती बेच्दै

भारतसङ्ग मिल्दै,रविभक्त म्याद गुज्रिएको चियापत्ती बेच्दै

नेपाल उध्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष तथा शाही सरकारका मन्त्री रविभक्त श्रेष्ठले बार्षिक अरबौँ रकम नाफा खाने बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपालमाथि म्याद गुज्रिएको चियापत्तीलाई रिप्याकेजिङ गरेर बिक्री गरेको गम्भिर आरोप लागेको छ ।

युनिलिभरमाथि लागेको उक्त आरोपसम्बन्धमा उजुरी परेपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय,हेटौंडाले अनुसन्धान प्रक्रिया अघि बढाएको हो ।त्यसअगावै स्थानीय प्रशासनले हेटौंडास्थित युनिलिभरको उद्योगमा छापा मारेर म्याद गुज्रिएको चियापत्ती बरामद गरेको थियो । उजुरी र प्रशासनले छापा मार्दा बरामद गरेको चियापत्तीको गुणस्तर परीक्षणका लागि खाद्य तथा गुण नियन्त्रण कार्यालयमार्फत् विभागमा आवश्यक जाँच गर्न पठाइएको बताइएको छ ।

युनिलिभरले अघिल्लो वर्ष सन् २०२० को जुलाईमा म्याद सकिएको चियापत्तीलाई एक वर्षपछि अर्को एक वर्षको म्याद लेखिएको लेबल लगाएर रिप्याकेजिङ गरेको खबर भित्रैबाट बाहिरिएको हो । कर्मचारीहरुका अनुसार कम्पनीसँग म्याद गुज्रिएको चियापत्ती ३० टनभन्दा बढी छ ।हेटौँडा–३,बसामाडीस्थित बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपाल लिमिटेडको चियापत्ती सेक्सनमा स्थानीय प्रशासनले गत भदौ १७ गते छापा मारेर सिलबन्दी गरेको हो । स्रोत भन्छ,‘अन्य गोदाम र बजारमा रहेका थप पाँच टन चियापत्तीको म्याद गुज्रेको छ । त्यो पनि कम्पनीमा फिर्ता हुने क्रममा छ ।’

उसले भारतबाट आयात गर्दै म्याद गुज्रिएको चियापत्ती ल्याउने गरेको स्रोतको दाबी छ । त्यसैलाई रिप्याकेजिङ गरी उसले नेपाली बजार पठाइरहेको थियो । तर, पछिल्लो पटक त्यहाँका कर्मचारीबाट चुहिएको सूचनाको आधारमा विभागमा उजुरी र प्रशासनको छापा सँगै परेको हो ।

टिप्पणीहरू