भारतीय राजदूत एक महिनादेखि नेपाल बाहिर,फतिमा बसेकै होटलमा भारतीय पाहुना

भारतीय राजदूत एक महिनादेखि नेपाल बाहिर,फतिमा बसेकै होटलमा भारतीय पाहुना

पछिल्लो समय नेपालमा भारतीय ‘पाहुना’ आउने क्रम ह्वात्तै बढेको छ । विशेषगरी सत्तारुढ दल बिजेपीका नेता पशुपति दर्शन र व्यक्तिगत काममा आउने क्रमले गति लिएको हो । त्यसरी आउँदा दुईदेखि तीन जनासम्मको टोली आउने तर फर्किंदा कोही केही दिन यतै बस्ने गरेकोसम्म पाइएको छ ।

पछिल्लो डेढ महिनामा भाजपाका चलनचल्तिका नेता दिनेश उपाध्यायले अर्का एक जनालाई पनि साथै लिएर आए । उपाध्यायसँग आएका नेता मनोजकुमार थिए । उनीहरु र एमसीसी उपाध्यक्षको काठमाडौं आगमन एउटै समयमा भएको थियो ।

उनीहरु दुई रात सँगै गोकर्ण फरेष्ट रिसोर्टमा बसेको बताइन्छ । त्यसपछि उपाध्याय फर्के तर मनोजकुमार फर्केनन् । त्यसबीचमा उनीहरुले काँग्रेसका महामन्त्री सशांक कोइरालासँग भेटेको स्रोतको दाबी छ ।

त्यहिबीचमा एमसीसी उपाध्यक्ष फतिमा सुमारको टोली पनि काठमाडौं आएकाले सबैको ध्यान त्यता गएको थियो । फतिमा आएको तेस्रो दिन मनोजकुमारको टोली पनि गोकर्णबाट होटल मेरियटमा सरेको थियो । मनोजकुमार कहिले फर्के धेरैलाई थाहा छैन ।

त्यसअघि भाजपा नेता राममाधव पनि काठमाडौं आएका थिए । उनी आरएसएसका महासचिवसमेत हुन् । यसबीच जगतगुरु पनि आएको बताइन्छ ।

यता,नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले काठमाडौं छाडेको आज ठ्याक्कै एक महिना भएको छ । उनी भदौ ११ गते नयाँ दिल्ली गएका हुन् ।

टिप्पणीहरू