हिंडेरै बिरोध ब्यक्त,बाँकेको टोली बुटवल पुग्दा पनि बिरक्त

हिंडेरै बिरोध ब्यक्त,बाँकेको टोली बुटवल पुग्दा पनि बिरक्त

बुटवल उपमहानगरपालिकास्थित विश्व हिन्दू महासंघको भवनमा राष्ट्रिय महिला अधिकार मन्च बाँकेले धर्ना दिएको छ ।

बाँकेको जानकी गाउँपालिका-२ नेवाजी गाउँकी नन्कुनी धोवी र बाँकेकै नेपालगन्ज उपमहानगरपालिका-१७ कोरियनपुरकी निर्मला कुर्मीको रहस्यमय मृत्युको बिषयलाई लिएर बिभिन्न मागसहित मञ्चले आज धर्ना दिएको हो ।

मञ्चकी केन्द्रीय सदस्य सकिना तेली र रुबी खानको नेतृत्वमा मृतकका परिवार,आफन्तसहित १६ जनाको पैदल यात्रा टोली धर्ना दिन बुटवल पुगेको हो ।

मञ्चले धोबी र कुर्मी हत्याका सबै दोषीलाई तुरुन्त पक्राउ गरी कारवाही गर्न र जिल्ला प्रहरी कार्यालयका बाँकेका एसपी श्यामकृष्ण अधिकारी तथा डिएसपी मधुसुदन न्यौपानेलाई विभागीय कारवाही गर्न माग गरेको छ ।

टोलीले मुख्यमन्त्रीको कार्यालयमा धर्ना दिएर ज्ञापनपत्र बुझाउने र आज विश्व हिन्दू महासंघको भवनमा बस्ने कार्यक्रम राखेको छ ।

त्यस्तै, नेपालगन्जदेखि काठमाडौँसम्म पैदल यात्रा गर्ने कार्यक्रम पनि तय गरेको मञ्चले जनाएको छ ।

टिप्पणीहरू