यी महिलालाई किन चाहियो सत्र केजी गाँजा ?

यी महिलालाई किन चाहियो सत्र केजी गाँजा ?

लागूऔषध गाँजाको कारोबार गरेको आरोपमा मोरङमा एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा मोरङ बिराटनगर महानगरपालिका १४ जतुवाकी २५ बर्षीया आरतीदेवी यादव हुन् । प्रहरीले उनलाई १७ केजी लागूऔषध गाँजासहित पक्राउ गरेको हो । आज दिउँसो विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रानीको टोलीले यादवको घरमा छापा मार्दा लागूऔषध बरामद भएको हो । उनले सो गाँजा घरमा लुकाएर राखेकी थिइन् । प्रहरीले गाँजा बरामदपश्चात आरती देवीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ । घरका पुरुष भने बेपत्ता भएका छन् ।

टिप्पणीहरू