घास काट्दा करेण्ट लागेर गयो ज्यान « Jana Aastha News Online
Logo
११ कार्तिक २०७८, बिहीबार
|  Thu Oct 28 2021

घास काट्दा करेण्ट लागेर गयो ज्यान

प्रकाशित मिति :  ९ आश्विन २०७८, शनिबार १८:१५


दार्चुलाको महाकाली नगरपालिका-३ स्थित बडुगाउँ बस्ने ५० वर्षीया द्रोपती बडुको करेण्ट लागेर ज्यान गएको छ । आफ्नै बारीमा घाँस काट्ने क्रममा बिद्युतको तारबाट करेन्ट लागेर बडुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यता सिरहा, बरियारपट्टी गाउँपालिका १ छोटकी टोल बस्ने ५५ वर्षीय महेश्वर सिंहको पनि करेन्ट लागेर मृत्यु भएको छ । आफ्नै खेतमा मोटरबाट पानी लगाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका सिंहको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।


प्रतिक्रिया दिनुहोस !