डरै नमानी मोटरसाइकलमा लागुऔषध ओसार्नेको हुल

डरै नमानी मोटरसाइकलमा लागुऔषध ओसार्नेको हुल

प्रदेश २ का दुई जिल्ला पर्सा र बारामा लागूऔषधको खुल्लमखुल्ला ओसारपसार र बिक्री वितरण बढिरहेको छ । यसैक्रममा आज ३ जना समातिएका छन् ।

पर्साको वीरगञ्ज महानगरपालिका-१५ बसपार्कबाट नाईट्राभेट ट्याब्लेट १ हजार ४ सय ७० पिस सहित २ जना समातिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा वीरगञ्ज महानगरपालिका-१७ अलौका ३९ वर्षीय बिनोद दास हरिजन र २३ वर्षीय सुनिल साह रहेका छन् ।

लागूऔषध नियन्त्रण व्यूरो तथा प्रहरी चौकी बसपार्कबाट खटिएको संयुक्त टोलीले ना ३५ प ४०४८ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुबाट उक्त लागुऔषध बरामद गरेको हो ।

उता बाराको जीतपुर सिमरा उपमहानगरपालिका-१६ स्थित सडकबाट ८३ केजी गाँजासहित ४१ वर्षीय रुकबहादुर रुम्बा पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरी टोलीलाई देख्नासाथ रुम्बा बोरा फाली फरार भएका थिए । फरार रुम्बालाई बा ३७ प ९६८१ नम्बरको मोटरसाइकल र १ थान साईकलसहित पक्राउ गरेको प्रहरीले बताएको छ ।

टिप्पणीहरू