भारतबाट चोरेर ल्याएको मोबाइल बल्खुमा

भारतबाट चोरेर ल्याएको मोबाइल बल्खुमा

भन्सार छली भारतबाट नेपाल भित्र्याइएका विभिन्न कम्पनीका ६१ थान मोबाइल प्रहरीले बरामद गरेको छ । उक्त मोबाइलसहित संलग्न कारोवारीलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले आज बल्खुबाट समातेको हो ।

भारतबाट चोरीपैठारी गरी ल्याएको मोबाइलको कारोबार भैरहेको भन्ने विशेष सुराकीका आधारमा महाशाखाबाट खटिएको प्रहरी टोलीले काठमाडौं शंखमूल बस्ने महोत्तरी बर्दिबास-१४ का २१ वर्षीय आकाश कार्की र काठमाडौं महानगरपालिका ३१ जडिबुटी बस्ने सोही ठाउँका २१ वर्षीय अमितकुमार महतोलाई पक्राउ गरेको हो ।

उनीहरुलाई आवश्यक कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचरण काठमाडौंमा पठाइएको छ ।

टिप्पणीहरू