कोरोना संक्रमित भन्दा निको हुनेको संख्या धेरै

कोरोना संक्रमित भन्दा निको हुनेको संख्या धेरै

आज मुलुकभर ९ सय ५३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उक्त संख्यामा संक्रमित पुष्टि गरेको हो ।

त्यस्तै, कोरोना संक्रमणबाट आज ६ जनाको निधन भएको छ । यसअघि हिजो ९ जना र अस्ति १३ जनाको निधन भएको थियो । योसँगै मुलुकभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ८८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ७ हजार ५० जनामा पीसीआर तथा ३ हजार ५ सय २९ जनामा एन्टिजेन गरी १० हजार ५ सय ७९ जनामा परीक्षण गरिएको थियो ।

यसबीचमा १ हजार ३ सय ७१ जना कोरोना संक्रमणमुक्त भएका छन् । मुलुकभर अझै १९ हजार ७ सय जना सक्रिय संक्रमित छन् । तीमध्ये १८ हजार ३ सय ४० जना होम र १ हजार ३ सय ६० जना संस्थागत आइसोलेसनमा छन् ।

कोरोना संक्रमितमध्ये ३ सय ६३ जनाको आइसीयु र १ सय ९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । त्यस्तै २ सय ३७ जना क्वारेन्टाइनमा छन् ।

टिप्पणीहरू