गणेशमान पुत्र पनि काङ्ग्रेसमा भिड्न तयार

गणेशमान पुत्र पनि काङ्ग्रेसमा भिड्न तयार

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापतिमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।

उम्मेदवारी घोषणा गर्दै सिंहले पार्टीमा आमूल परिवर्तन ल्याउनका लागि आफूले ‘नम्बर वान म्यान’ भएर काम गर्ने निष्कर्ष निकालेको बताउनुभएको छ । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा नेता सिंहले यस्तो प्रतिक्रिया दिनुभएको हो ।

काँग्रेस लथालिंग अवस्थामा पुगेको भन्दै उहाँले १४ औँ महाधिवेशनमा पनि पुरानै नेताहरुलाई नेतृत्व सुम्पिए पार्टीको हालत प्रजापरिषदको जस्तै हुने चेतावनी दिनुभयो । नेता सिंहले आफूले लामो समयदेखि पार्टीको दोस्रो तहमा रहेर काम गरिसकेकाले अब सभापति भएर काम गर्न इच्छा रहेको पनि प्रष्ट पार्नुभयो ।

आफूले उपसभापति,महामन्त्री भएर काम गरिसकेकाले सभापतिमा आफ्नो उम्मेदवारी स्वभाविक रहेको नेता सिंहको तर्क छ । उहाँले आफूले नेतृत्व लिएपछि पार्टीलाई विधिसम्मत ढंगले अघि बढाउने दाबी पनि गर्नुभएको छ ।

सिंहले पार्टी नेतृत्वले १४ औं महाधिवेशनको मिति फेरि पनि सार्ने षडयन्त्र गरिरहेको भन्दै आक्रोशसमत व्यक्त गर्नुभयो ।

टिप्पणीहरू