जनगणनामा समेटिएला त हिमोफिलिया ?

जनगणनामा समेटिएला त हिमोफिलिया ?

राष्ट्रिय जनगणना २०७८ मा देशभरबाट हेमोफिलिया भएका व्यक्तिहरुको वास्तविक तथ्यांक समेट्न हिमोफिलिया सोसाइटी नेपालले माग गरेको छ ।

आज काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी सोसाइटीले पहिलोपटक हेमोफिलिया भएका व्यक्तिहरुको पनि गणना हुने भएकाले उनीहरुको वास्तविक तथ्यांक समेट्न माग गरेको हो ।

सोसाइटीले हेमोफिलिया भएका व्यक्तिहरु अपांगताको ऐनभित्र परेको र अपांगता भएकाहरुको सूचिको दशौं नम्बरमा उल्लेख गरिएको भन्दै गणकहरु आउँदा घरपरिवारमा भएका हेमोफिलिकको बारेमा प्रष्ट विवरण दिन पनि अनुरोध गरेको छ ।
त्यस्तै, यसबारेमा गणकहरु पनि सचेत र सजग हुनुपर्ने आवश्यकता रहेको जनाएको छ ।

विश्व हिमोफिलिया महासंघको तथ्यांकअनुसार प्रति ५ हजार पुरुषमा १ जना हिमोफिलिया समस्या लिएर जन्मन्छन् । नेपालमा करिब ३ हजार हिमोफिलियायुक्त व्यक्ति रहेको अनुमान सोसाइटीले गरेको छ।

हिमोफिलिया सोसाइटीमार्फत् हालसम्म ७ सय ५० जना हिमोफिलियायुक्त व्यक्तिको पहिचान भएको बताइएको छ ।

टिप्पणीहरू