​पद पाउनासाथ प्याकप्याक

भवन भट्ट एनआरएनको अध्यक्ष त भए तर उनलाई एउटा भाउँतो आइलागेको छ, त्यो पनि विगतमा आफ्नै भनिएकाहरुद्वारा । उनलाई मानमाथि भुक्तमान थोपर्नेमा ठुल्ठूला एमाले नेताका छोरा र भाइहरु रहेका छन् । यो प्रकरण इमानसिंह गुरुङसँग जोडिएको छ ।

भवनले नेपालमा गरेका धेरैजसो लगानीहरु डुबेको अवस्थामा छन् । बियर, कारोबार, वायुसेवामा गरिएको अधिकांश लगानीले नोक्सान मात्र पु¥याएका छन् । जापानमा आइटी भेञ्चर नामक एउटा कम्पनी खोलेका थिए । त्यसले मोबाइलबाट स्ट्रिम गरेर भिडियो हेर्न पाउने कोर एरिया नेटवर्कसम्बन्धी सफ्टवेयर निर्माण गरेको छ । जसले निःशुल्क सिनेमा हेर्न सहयोग पु¥याउँछ । यसले एनसेललाई त्यो सफ्टवेयर बेच्यो । वल्र्डलिंक र भायानेट पनि यसमा सामेल भए । उनीहरुले नेटटिभी सञ्चालन गर्न यो सफ्टवेयर लिए ।

भवनका मान्छेरु यो सफ्टवेयर बेच्न नेपाल टेलिकममा पनि गए । तर, प्रबन्धक कामिनी राजभण्डारीले ‘हाम्रो प्रतिस्पर्धी कम्पनी एनसेलसँग तपाईंहरुको सहकार्य भइरहेको हुनाले गाह्रो छ ।’ भन्ने जवाफ दिएर फर्काइन् । यसबीच भट्टको नेपालमा कारोबार हेर्ने सिइओ थिए, कुशल खड्का । उनले त्यहाँको जागिर छाडे । त्योभन्दा अगाडि नै म्युजिक नेपालसँग भट्टको सफ्टवेयरबारे कारोबार सम्झौता भएको थियो । तर, केही दिन अगाडिमात्र जागिर छाडेका खड्काले आफूसँगै जागिर छाडेकाहरुको साथ लिएर नयाँ कम्पनी खडा गरी भट्टको सफ्टवेयर अनधिकृत रुपमा टेलिकमलाई बेचेछन् । एक्कासी टेलिकमले सफ्टवेयर चलाउन थालेपछि मात्र भट्टलाई सो कुराको जानकारी भयो । आफू हर्ताकर्ता रहेको बेला नै खड्काको समूहले सोर्स कोडसहित सफ्टवेयर लिइसकेको रहेछ ।

कुशलले इनामसिंह गुरुङसँग मिलेर नयाँ कम्पनी खोली त्यो धन्दा शुरु गर्न भ्याइसकेका  रहेछन् । यसरी भवनकै स्टाफले एनटिसी र पूर्व मालिकको कम्पनी दुवैलाई डुबाउने काम गरेको देखेपछि अहिले योसम्बन्धी विषयको गुनासो प्रहरी महानिरीक्षक हुँदै सिआईबीमा पुगेको छ । एनटिसीले गैरकानुनी रुपमा चोरीको सफ्टवेयर प्रयोग गरेको आरोप लागेको छ भने इमानसिंह र कुशललाई अर्काको सफ्टवेयर चोरी गरी बिक्री गरेको आरोप छ ।

टिप्पणीहरू