बूढीगण्डकी परियोजना तत्काल थाल्न र राजनीतिकरण नगर्न आग्रह

बूढीगण्डकी परियोजना तत्काल थाल्न र राजनीतिकरण नगर्न आग्रह

आज पनि बूढीगण्डकी राष्ट्रिय सरोकार समितिले माइतीघर मण्डलामा धर्ना दिएको छ । समितिले बूढीगण्डकी आयोजनाको निर्माण यथासक्य छिटो थाल्न माग गर्दै दबाबको निम्ति धर्ना दिएको हो ।

समितिका संयोजक हरेराम ढकालको नेतृत्वमा भएको धर्नामा दुई दर्जन बढीको उपस्थिति छ ।

उनीहरुले आयोजनाको मोडालिटी तयार गरी तत्काल निर्माण शुरु गर, बूढीगण्डकी आयोजनामा राजनीति बन्द गर भन्ने नारा लगाएका छन् ।

टिप्पणीहरू