यी हुन् बिधानवारे सुझाव दिने एमालेका टोली नेता

यी हुन् बिधानवारे सुझाव दिने एमालेका टोली नेता

हिजोदेखि जारी नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा विधान महाधिवेशनका लागि प्रस्तुत तीनवटा दस्तावेजमाथिको समूहगत छलफलको निष्कर्ष सुनाउन टोली नेता छानिएका छन् ।

हिजोको बैठकमा भूगोलका सात प्रदेशसहित प्रवास,उपत्यका विशेष र जनवर्गीय संगठन तथा विभागहरुबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरुको १० वटा समूह बनाएर राजनीतिक,सांगठानिक प्रतिवेदन र विधान मस्यौदामाथि समूहगत छलफल भएको थियो । बैठकमा उक्त छलफलको निचोड प्रस्तुत गर्न टोली नेता छानिएको हो ।

टोली नेताका रुपमा प्रदेश १ बाट हिक्मत कार्की,प्रदेश २ बाट रामचन्द्र मण्डल,वागमतीबाट आनन्द पोखरेल, गण्डकीबाट जगत विश्वकर्मा र लुम्बिनीबाट दलबहादुर राना छानिएका छन् । त्यस्तै, कर्णालीबाट यमलाल कडेल, सुदूरपश्चिमबाट कर्ण थापा,उपत्यका विशेषबाट माधव ढुंगेल र जनवर्गीय संगठन तथा विभागहरुबाट खिमलाल भट्टराईले आ-आफ्नो समूहको निष्कर्ष सुनाउनेछन् ।

बैठकमा अध्यक्ष केपी ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको संगठनात्मक प्रतिवेदन र उपमहासचिव विष्णुप्रसाद पौडेलको विधान संशोधन प्रस्तावमाथि छलफलका लागि केन्द्रीय सदस्यहरुको समूह बनाइएको हो । समूहगत सुझावमाथि ओली, पोखरेल र पौडेलले जवाफ दिने बताइएको छ ।

टिप्पणीहरू