बितिन् कमला भासिन

बितिन् कमला भासिन

भारतकी चर्चित विकासवादी नारीवादी अभियन्ता कमला भासिनको निधन भएको छ । कवि, लेखक र सामाजिक वैज्ञानिक कमला पछिल्लो समय शिक्ष, मानव विकास र मिडिया क्षेत्रमा सशक्त नामको रुपमा परिचित थिइन् ।

भारतको राजधानी नयाँ दिल्लीमा बस्दै आएकी उनी समानतावादी आन्दोलन र महिला अधिकारको पर्यायवाची नै बनेकी थिइन् ।भारतको राजस्थानमा जन्मेकी उनी ग्रामीण र शहरी गरीबहरूको सशक्तिकरणको लागि निरन्तर खट्दै आएकी थिइन् । दुई दशकअघि अमेरिकास्थित विश्व खाद्य कार्यक्रमको आकर्षक जागिर छाडेर उनी भारतमा महिला अधिकार र समानतावादी आन्दोलनमा होमिएकी हुन् ।

टिप्पणीहरू