विदेशको एमाले कमिटी एकीकृत समाजवादीमा समाहित

विदेशको एमाले कमिटी एकीकृत समाजवादीमा समाहित

नेकपा एमालेको प्रवास संगठन, प्रवासी नेपाली मञ्च ओमानको समानान्तर कमिटीको रुपमा रहेको प्रवासी नेपाली मञ्च नेकपा एकीकृत समाजवादीमा समाहित भएको छ ।

समानान्तर कमिटीले एक कार्यक्रममार्फत् एकीकृत समाजवादीमा समाहित भएको घोषणा गरेको हो । एकीकृत समाजवादीको प्रवास संगठन प्रवासी नेपाली एकता मञ्चमा समाहित कमिटी लीलानाथ कोइरालाको अध्यक्षतामा रहेको २९ सदस्यीय कमिटी हो ।

कमिटीको उपाध्यक्षमा धनबहादुर गुरुङ र चित्रबहादुर कुँवर,महासचिवमा तेजबहादुर तामाङ (प्रेम),सचिव तथा प्रवक्तामा गणेशप्रसाद सापकोटा हुनुहुन्छ ।

यसैगरी सचिवद्वयमा निरबहादुर सुनार र विक्रम रिजाल, कोषाध्यक्षमा उमर खान,सह– कोषाध्यक्षमा चन्द्र चौधरी रहनुभएको बताइएको छ ।

सदस्यहरुमा तुलसा न्यौपाने, पुलिन्दर सरदार,अरुण गुरुङ, गोमबहादुर सारु,ऋषि दाहाल, विमला राई,प्रकाश परियार, शेरबहादुर थापा,जयप्रताप बुढामगर, सुहान गुरुङ,धनकुमार गुरुङ,सन्तोष कुँवर,मीना बर्देवा,शारदा पौडेल, विवश भुजेल,मुना सुनुवार,भीमराज गुरुङ,मुकुन्द सापकोटा तथा अनिल यादव रहेको ओमानबाट प्राप्त समाचारमा उल्लेख छ ।

जनताको सार्वभौमसत्तासम्पन्न संसदको विघटनपश्चात् एमालेभित्र उत्पन्न असहज परिस्थिति सिर्जना भई अन्तरसंघर्ष हुँदै गर्दा ओमानमा पनि समानान्तर कमिटी गठन भएको कमिटीले ठहर गरेको छ ।

कमिटीको हालैको बैठकले गरेको सर्वसम्मत निर्णयबाट समाजवादको यात्रामा एक मात्र विकल्प नेकपा एकीकृत समाजवादी पार्टीमा समाहित हुनु रहेको मञ्चका अध्यक्ष लीलानाथ कोइरालाले बताउनुभएको छ ।

टिप्पणीहरू