भारतमा १३ सय किलो गैंडाको खाग जलाइयो

भारतमा १३ सय किलो गैंडाको खाग जलाइयो

भारतमा एकै पटक २ हजार ५ सय गैँडाका खाग जलाइएको छ । विश्व गैंडा दिवसको अवसरमा आसाम राज्यको एउटा रंगशालामा गैँडाका खाग जलाइएको हो । उक्त खागको तौल लगभग १ हजार ३ सय केजी रहेको बताइएको छ ।

एक सरकारी अधिकारीका अनुसार नष्ट गरिएका ती खागमध्ये केही सिकारी र अवैध कारोबारको क्रममा बरामद गरिएको हो । केही खाग भने सन् १९७९ पछि राज्यको राष्ट्रिय निकुञ्ज र वन्यजन्तु आरक्षणमा मृत गैंडाको हो चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार भारतमा रहेका एक सिङ्गे गैंडामध्ये आसाममा मात्रै ७० प्रतिशतभन्दा बढी छन् ।सरकारी तथ्याङ्कमा आसाममा एक सिङ्गे गैंडाको संख्या २ हजार ९ सयभन्दा धेरै रहेको देखाइएको छ ।

फोटो स्रोत : सिन्ह्वा

टिप्पणीहरू