बसन्त चौधरीको अवस्था सामान्य

बसन्त चौधरीको अवस्था सामान्य

हाल युएइको दुबईमा उपचारार्थ रहनुभएका उद्योगी,व्यवसायी तथा साहित्यकार बसन्त चौधरीको स्वास्थ्य अवस्था सामान्य रहेको छ । स्वास्थ्यमा केही असहज भएपछि उहाँ थप परीक्षणको निम्ति अस्ति त्यहाँ पुग्नुभएको हो ।

सुरक्षास्रोतका अनुसार केही दिनअघि काठमाडौंमा उहाँलाई माइनर अट्याकको लक्षण देखिएपछि नर्भिक अस्पतालमा एन्जियोग्राफी गरिएको थियो । एन्जियोग्राफीपछि थप गर्नुपर्ने एसएफआर टेष्टको निम्ति उहाँ त्यता जानुभएको बताइन्छ ।

दूरीको हिसाबले नजिकको भारत वा सिंगापुर जाने अवस्थामा उहाँले दुबई रोज्नुभएको हो । कोरोना महामारीका कारण सिंगापुरमा अहिले नेपालबाट हवाई यात्रा सम्भव देखिँदैन । त्यसैले उहाँले दुबई रोज्नुभएको चिकित्सा स्रोतले पुष्टि गरेको छ । उहाँको एसएफआर टेष्ट हिजो भइसकेको छ ।

उक्त टेष्टमा उहाँको मुटुको देब्रे धमनीमा केही ब्लकेज अर्थात अवरोध देखिए पनि खतरामुक्त रहनुभएको स्रोतले बताएको छ । केही दिनपछि उहाँको मुटुको शल्यक्रिया थापाथलीस्थित नर्भिक अस्पतालमा नै गरिने सम्भावना छ ।

टिप्पणीहरू