नयाँ दिल्लीमा अदालतभित्रै गोली हानाहान,३ जना हताहत « Jana Aastha News Online
Logo
११ कार्तिक २०७८, बिहीबार
|  Thu Oct 28 2021

नयाँ दिल्लीमा अदालतभित्रै गोली हानाहान,३ जना हताहत

प्रकाशित मिति :  ८ आश्विन २०७८, शुक्रबार १९:१५


भारतको राजधानी नयाँ दिल्लीको एउटा अदालतभित्र गोली हानाहान भएको छ । स्थानीय रोहिणी जिल्ला अदालतमा कुख्यात जितेन्द्र उर्फ गोगीमाथि गोली चलाउँदा तीन जना मारिएको बताइएको छ ।

गोगीमाथि गोली प्रहार गर्नेहरु वकिलको आवरणमा पहिले नै अदालतमा छिरेका थिए । उनीहरुले इजलासमै गोगीमाथि प्रहार गरेका हुन् । पछि सुरक्षाकर्मीको गोली प्रहारबाट ती दुई जनाको पनि ठाउँको ठाउँ ज्यान गएको छ ।

अदालतभित्र भएको गोली प्रहारको आवाजपछि भागदौड मच्चिएको थियो । गोगी पेशीको लागि अदालत गएका थिए भने उनलाई मार्न अर्को ग्याङ्का सार्प सुटर दुई जना त्यसअघि नै वकिलको भेषमा त्यहाँ पुगेको बताइन्छ ।


प्रतिक्रिया दिनुहोस !