मापसेको झगडाले ठाउँको ठाउँ मृत्यु

मापसेको झगडाले ठाउँको ठाउँ मृत्यु

बैतडीको सुर्नया गाउँपालिका–४ लेकडाँडा घर भई सन्सेरीमाण्डौंमा व्यवसाय गर्दै आएका ५६ वर्षीय कमलसिंह महराको हत्यामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

महराको शव हिजो बिहान भेटिएको थियो । लगत्तै अनुसन्धान शुरु गरेको प्रहरीले आज हत्यामा संलग्न सुर्नया गाउँपालिका– ५ हरिचनका २६ वर्षीय रामबहादुर मडै,सुर्नया– ४ का हरिशसिंह महरा,शंकरसिंह महरा र रामबहादुर महरालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बैतडीका निरीक्षक दर्शन खड्काका अनुसार अनुसन्धानका क्रममा उनीहरुले मादक पदार्थ सेवन गरी महरासँग वादविवादपछि हत्या गरेको खुल्न आएको छ । रामबहादुरले महरालाई हिर्काएको स्वीकारेका छन् ।

महराको शव चोटपटक लागेको अवस्थामा फेला परेपछि प्रहरीले हत्याराको खोजी तीब्र पारेको थियो। अनुसन्धानका सिलसिलामा हिजै उनीहरुलाई जनालाई नियन्त्रणमा लिएको हो ।

टिप्पणीहरू