गायिका इन्दिराले प्रेमीसङ्ग चुम्बन साटेको त्यो क्षण

गायिका इन्दिराले प्रेमीसङ्ग चुम्बन साटेको त्यो क्षण

चर्चित गायिका इन्दिरा जोशीले बिबाहअघिको इन्गेजमेण्ट सुटुक्क गरे पनि उक्त समाचार र तस्बिर भाइरल भएको छ । सामाजिक सञ्जालमा धेरै फलोअर्स भएकी जोशीले आफ्ना प्रेमीसँग हेलिकोप्टरमा गएर सगरमाथा नजिकै एकान्त र सुनसान सोलुखुम्बुको खुम्बुमा पुगेर सुटुक्क इन्गेजमेण्ट गरेकी हुन् ।

गायिका जोशीले फेसन डिजाइनर प्रेमी शरद केडियाँंग इन्गेजमेण्ट गरेकी हुन् । सगरमाथा आधार शिविरमा हिजोदेखि शुरु भएको माउन्ट एभरेष्ट फेसन रनवेमा भाग लिन त्यहाँ पुगेका इन्दिरा र शरदले इन्गेजमेण्ट गरेका हुन् ।खुम्बु पुगेका केडियाले हेलिकोप्टरबाट उत्रनेबित्तिकै बट्टाबाट झिकेर औंठी लगाइदिनासाथ सरप्राइज चुम्बन शुरु भएको थियो ।

इन्दिराले यसअघि आफू प्रेममा रहेको बताए पनि प्रेमीको नाम भने गोप्य राखेकी थिइन् । इन्गेजमेण्टपछि पनि उनीहरु खुम्बु क्षेत्रमै रहेको बताइन्छ ।शहरको कोलाहल र परम्परागत इन्गेजमेण्ट प्रथाबाट टाढा भएर उनीहरुले जीवनको शुरुवात स्वच्छ ठाउँबाट थालेको भन्नेहरु पनि सामाजिक सञ्जालमा भेटिएका छन् ।

टिप्पणीहरू