एमसीसीविरुद्धको कोणसभामा सोधियो ‘अमेरिकाको अनुदान किन लिने ?’

एमसीसीविरुद्धको कोणसभामा सोधियो ‘अमेरिकाको अनुदान किन लिने ?’

ललितपुरमा अमेरिकी सहयोग परियोजना एमसीसीविरुद्ध २२ दलीय संघर्ष समिति मोर्चाले कोणसभा गरेको छ । मोर्चाले पाटनको कृष्ण मन्दिर अगाडि ‘एमसीसी सम्झौता खारेज गर,राष्ट्रिय स्वाधिनताको रक्षा गर’ भन्ने मूल नाराका साथ कोणसभा गरेको हो ।

कोणसभाको नेतृत्व गरेका नेकपा माओवादी मोर्चा (गोपाल किराँती समूह) का महासचिव राजन तिमिल्सिनाले अमेरिकाले एमसीसीको बहानामा नेपाललाई इरान,अफगानिस्तान बनाएर भारतमा मिसाउन खोजेको आरोप लगाउनुभएको छ ।

उहाँले एमसीसीको हरेक बुँदा राष्ट्रघाती रहेको भन्दै जापानले दिएको अनुदान लिन नपर्ने,चीनले दिएको पनि लिन नपर्ने तर अमेरिकाले दिएको चाहिँ किन लिनु पर्ने ? भनेर प्रश्न गर्नुभएको छ ।

टिप्पणीहरू