भीम,भानु र झपट एमाले बैठकमा भरङ्ग

भीम,भानु र झपट एमाले बैठकमा भरङ्ग

१० बुँदे सहमति कार्यान्वयनमा आलटाल गरिएको भन्दै एमालेको तत्कालीन माधव नेपाल समूहका नेताहरुले आजदेखि शुरु केन्द्रीय कमिटी बैठकमा भद्र असन्तुष्टि जनाएका छन् । भूतपूर्व ‘तेस्रोधार’ भनेर चिनिएको सो समूहका नेताहरुले १० बुँदे सहमति पालनामा इमान्दारिताको माग गरेका हुन् ।

१० बुँदे कार्यान्वयनलाई लिएर विवाद चर्किएको बेला उपाध्यक्ष भीम रावल निकट मानिने सुदूरपश्चिम प्रदेशका नेताहरुले केन्द्रीय समिति बैठकको प्रारम्भमै असन्तुष्टि जनाएका छन् ।

“म संयोजक थिएँ,तर अहिले अरुलाई नै तोक्नुभयो । स्थायी समिति बैठकमा यसवारे एजेन्डा पनि बन्यो तर खासै छलफल हुन पाएन । कमिटीको बैठक पनि बस्न सकेन । बिधान महाधिवेशन नजिकै छ,अब त्यसमा त्यहाँबाट कसले प्रतिनिधित्व गर्ने,को आएर कहाँ,कसलाई सम्पर्क राख्ने ? ” रावलको प्रश्न रह्यो ।

आसन्न विधान महाधिवेशनको पूर्व तयारीस्वरुप विभिन्न दस्तावेजमाथि छलफल गर्न बोलाइएको बैठकको शुरुमै अध्यक्ष केपी शर्मा ओलीले आफ्ना धारणा राख्नुभएको थियो । ओलीले विधान मस्यौदा र विधान महाधिवेशनमा केन्द्रित रहेर छलफलमा भाग लिन भनेपछि झपट रावलले वीचैमा उठेर १० बुँदेबारे प्रश्न गर्नुभएको थियो ।

उहाँले अन्तरपार्टी निर्देशन (अपानि) -१२ र १० बुँदेबीच एकरुपता ल्याउन माग गरेपछि ओलीले ‘ठीकै छ,समय कम छ,अब लगत्तै बस्ने स्थायी समिति बैठकमा यसवारे छलफल गरौँला’ भन्दै अमूर्त जवाफ दिनुभएको थियो ।

त्यसपछि सुदूरपश्चिमकै अर्का नेता भानुभक्त जैसीले १० बुँदेबारे छलफल गर्न ढिलाइ भएको र आफ्नो प्रदेशमा केही काम अघि नबढेको र कसरी हुन्छ छिटो मिलाउनुपर्ने कुरा राखेपछि ओलीले प्रदीप ज्ञवालीतिर जिम्मा लगाइदिनुभएको बैठक स्रोतले बताएको छ ।

झपट रावलले वीचैमा उठेर अन्तरपार्टी निर्देशन (अपानि) -१२ र १० बुँदेबीच एकरुपता ल्याउन माग गरेपछि ओलीले ‘ठीकै छ,समय कम छ,अब लगत्तै बस्ने स्थायी समिति बैठकमा यसवारे छलफल गरौँला’ भन्दै अमूर्त जवाफ दिनुभयो ।

बैठकमा उपाध्यक्ष रावलले पनि १० बुँदे कार्यान्वयन नहुँदा सुदूरपश्चिममा समस्या भएको बताउनुभएको थियो । एमाले ०७५ जेठ २ मा फर्किंदा आफू सुदूरपश्चिमको इञ्चार्ज हुनुपर्नेमा त्यसो नभएकाले समस्या भएको रावलको दाबी थियो ।

“म संयोजक थिएँ,तर अहिले अरुलाई नै तोक्नुभयो । स्थायी समिति बैठकमा यसवारे एजेन्डा पनि बन्यो तर खासै छलफल हुन पाएन । कमिटीको बैठक पनि बस्न सकेन । बिधान महाधिवेशन नजिकै छ,अब त्यसमा त्यहाँबाट कसले प्रतिनिधित्व गर्ने,को आएर कहाँ,कसलाई सम्पर्क राख्ने ? ” रावलको प्रश्न रह्यो ।

उहाँले नरम भाषामा कुरा राखेपछि ओली प्रतिवेदनवारे ‘प्रदीप ज्ञवालीले थप व्याख्या गर्नुहुन्छ’ भनेर पन्छिनुभएको स्रोत बताउँछ । ओलीको राजनीतिक प्रतिवेदन ज्ञवालीले नै लेखेकाले व्याख्याको जिम्मा ज्ञवालीलाई दिनुभएको हो ।

त्यसपछि छलफलका लागि १० वटा समूह बनाउने निर्णय गर्दै आजको बैठक भोलि बस्ने गरी सकियो । एमालेमा १० बुँदे सहमतिलाई लिएर विवाद छ। संस्थापन र तेस्रोधार दुबैले सहमतिलाई आफू अनुकूल व्याख्या गरिरहेका छन् ।

टिप्पणीहरू