नारायणहिटीमा श्रीपेच चोर्ने प्रयास,एक जना घाइते र पक्राउ

नारायणहिटीमा श्रीपेच चोर्ने प्रयास,एक जना घाइते र पक्राउ

नारायणहिटी दरबार संग्रहालयमा प्रदर्शनको निम्ति राखिएको पूर्वराजाको श्रीपेच चोर्ने प्रयास भएको छ । दरबार संग्रहालयको अवलोकनमा गएका एक जना युवाले श्रीपेच चोर्ने प्रयास गरेका हुन् । उनले श्रीपेच राखिएको कोठाको छेउमा रहेको खुकुरी झिकेर श्रीपेच छोपिएको सिसाको बाक्सा फुटाउने प्रयास गरेका थिए ।

रुकुम घर भएका २५ वर्षीय खिमबहादुर घर्तीले राजदरबारमा राखिएको श्रीपेच चोर्ने प्रयास गरेको प्रहरीले बताएको छ । घर्तीले एकपटक हातले हानेर सिसा फुटाउने प्रयास गरेका थिए । तर,त्यसो गर्दा सिसाले हात काटेपछि उनले खुकुरी प्रयोग गरेको बुझिएको छ ।

संग्रहालयमा तैनाथ उच्च सुरक्षाको कारण उनले सिसा फुटाउँदै गर्दा नेपाली सेनाले रोकेका थिए ।

प्रहरीका अनुसार मानसिक सन्तुलन ठीक नभएका घर्तीले आफूलाई राजा बन्न मन लागेको भन्दै श्रीपेच चोर्ने प्रयास गरेको बताएका छन् । संग्रहालयमा तैनाथ उच्च सुरक्षाको कारण उनले सिसा फुटाउँदै गर्दा नेपाली सेनाले रोकेका थिए ।

हात काटेर रगताम्य भएका घर्तीलाई सेनाकै रोहबरमा अस्पताल पुर्याइएको छ । आवश्यक अनुसन्धानका लागि उनलाई दरबारमार्ग प्रहरी वृत्तमा बुझाइएको छ । काठमाण्डौका प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार उनी मानसिक रोगी भएको खुलेको तर थप अनुसन्धान जारी छ ।

मानसिक रोगीले खुद्रा मसिना चिजबिजतिर आँखा नलाएर श्रीपेचतिरै हात लम्काउनुलाई गज्जबको शौख मानिएको छ ।

टिप्पणीहरू