संकटा वाइन एण्ड वेभरेज प्रालिले क्यानभास वाइन सार्वजनिक


संकटा वाइन एण्ड वेभरेज प्रालिले एक समारोहका बीच मदिरा व्यवसायी तथा उद्योगीहरुको उपस्थितिमा वरिष्ठ पत्रकार तथा लेखक किशोर नेपालले क्यानभास वाइन सार्वजनिक गर्नु भएको हो । 

संकटाले स्विट रेड, ड्राई र स्विट ह्वाइट गरी तीन भेराइटीका क्यानभास वाइन बजारमा उपलब्ध गराएको छ । 

विशुद्ध वाइन भेराइटीको अंगुरबाट उत्पादन गरिएको क्यानभास वाइनको बजार मूल्य रु. ४९० तोकिएको छ । देशभरका मदिरा आउटलेटमा वाइन चाँडै पुग्ने संकटाले जानकारी दिएको छ । 

क्यानभास वाइन तयार गर्न भारतको नासिकबाट संकटा वाइन एण्ड वेभरेजका प्राविधिकले सर्वेक्षण गरेर अंगुर आयात गर्ने गरेको छ । आफैं प्राविधिक परिक्षण गरेर अंगुर आयात गर्ने यो नेपालको एकमात्र वाइन कम्पनी हो । 

अहिले ७५० एमएलको बोतल वाइन बजारमा पठाएको कम्पनीले चाँडै फ्यामेली वा पार्टी प्याकको वाइन ल्याउने तयारी गरेको छ । 

काभ्रेको नालामा प्लान्ट रहेको संकटा वाइन एण्ड वेभरेजले युरोपियन प्रविधिबाट वाइन उत्पादन शुरु गरेको नेपालको एकमात्र वाइन कम्पनी हो । 

टिप्पणीहरू