नयाँ सरकारसामु पुरानो नियुक्ति परित्याग

नयाँ सरकारसामु पुरानो नियुक्ति परित्याग

समाज कल्याण परिषदका पदाधिकारीले सामुहिक राजीनामा दिएका छन् । गत बर्ष साउन १३ गते केपी शर्मा ओलीको कार्यकालमा नियुक्त सातै जनाले चौध महिना नबित्दै महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव यामकुमारी खतिवडामार्फत राजीनामा बुझाएका हुन् ।

यसरी राजीनामा दिनेहरुमा उपाध्यक्ष डा.पदमप्रसाद खतिवडा,सदस्य सचिव पुष्कर र सदस्यहरु गोविन्दबहादुर शाही,डा.ब्रम्हध्वज गुरूङ,डा.मणिराम बञ्जाडे,सुशील ज्ञवाली र नानीमाया थापा छन् ।

सरकारले परिषद्का लागि बजेट पठाएको थिएन । पदाधिकारीहरुले बजेट माग्न जाँदा प्रधानमन्त्री कार्यालयबाट राजीनामा मागिएको थाहा भएपछि उनीहरुले सामुहिक राजीनामा दिएको बताएका छन् ।

यसअघि गोर्खापत्र सँस्थान र नेपाल टेलिभिजनका अध्यक्षद्वय कृष्णमुरारी भण्डारी र डा.महेन्द्र बिष्टले समेत राजीनामा दिएर सरकारलाई सहज बनाइसकेका छन् ।

टिप्पणीहरू