भक्तपुरमा बालिका करणी,भाग्दाभाग्दै बर्दिबासमा पक्राउ

भक्तपुरमा बालिका करणी,भाग्दाभाग्दै बर्दिबासमा पक्राउ

गत भदौ १५ गते १३ वर्षीया बालिकालाई भक्तपुरमा जबरजस्ती करणी गरी फरार रहेका सिन्धुलीको सुनकोशी गाउँपालिका ४, बस्ने २५ वर्षीय मीठाराम धिमाललाई प्रहरीले पक्रेको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरबाट प्रहरी नायव निरीक्षक टपेन्द्र भण्डारीको नेतृत्वमा खटिएको टोलीले महोत्तरीको बर्दिबासमा लुकेर बसेको अवस्थामा धिमाललाई फेला पारेको हो ।

भदौ १८ गते ठिमी चौकीमा पीडितले किटानी जाहेरी दिएपछि प्रहरीले भक्तपुर जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर अनुसन्धान थालेको थियो । धिमाललाई महानगरीय प्रहरी वृत्त ठिमीको खोरमा राखिएको छ ।

बिहे गर्छु भन्दै किशोरीमाथि डेढ महिनासम्म बलात्कार

बर्दियामा एउटी १६ वर्षे किशोरीलाई २४ वर्षे ठिटोले बिबाह गर्ने आश्वासनमा साउन २४ गतेदेखि अस्तिसम्म दिनहुँ करणी गरेको रहस्य खुलेको छ ।

बर्दियाको मधुवन नगरपालिका १, कुसुम्बा बस्ने २४ वर्षे सुरेश मगरले स्थानीय किशोरीलाई बिबाह गर्ने र घरजम गर्ने प्रलोभन र आश्वासनमा झण्डै डेढ महिनासम्म आफ्नै घरमा लगेर करणी गरेका हुन् । किशोरीको जाहेरीपछि मगरलाई प्रहरीले हिजो पक्रेको छ ।

मगरले ती किशोरीलाई करणी गर्न नमान्दा कुटपिट तथा धाकधम्की समेत दिएको बताइएको छ ।

टिप्पणीहरू