त्रिशुलीमा कार खस्यो,ठमेलमा जर्मन नागरिक बेडमै बिते

त्रिशुलीमा कार खस्यो,ठमेलमा जर्मन नागरिक बेडमै बिते

गए राति चितवनको मुग्लिङ नजिकै एउटा कार त्रिशुली नदीमा खस्दा तीन जना बेपत्ता भएका छन् । घाइते एक जनाको भरतपुरको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

काठमाडौंबाट पोखरा जाँदै गरेको ग.२ च ४९१८ नम्बरको कार राति सोझै ३५ मीटर तलको त्रिशुलीमा खसेको बताइन्छ । घाइते ४६ वर्षीय रुद्रलाल सुवेदीबाहेक अरु तीन जना नदीमा बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा कार चालकसमेत छन् ।

यता काठमाडौंको ठमेलमा जर्मन नागरिक मृत अवस्थामा फेला परेका छन् । स्थानीय बिहानी होटेलको कोठामा हिजो राति ४० वर्षीय जर्मन नागरिक डेभिड मिट ज्याकट मृत भेटिएको प्रहरीले जनाएको छ ।

मृतकको शव पोष्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय,शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ । उनी पर्यटक भीसामा तीन महिनाअघि नेपाल आएका थिए ।

टिप्पणीहरू