बागलुङमा खोलाले मान्छे बगायो

बागलुङमा खोलाले मान्छे बगायो

बागलुङमा बडिगाड खोलाले बगाएपछि निसीखोलाका एक युवा बेपत्ता भएका छन् । पश्चिम बागलुङको बडिगाड खोलाले बगाउँदा २४ वर्षीय दिप्सन विक बेपत्ता भएका हुन् ।

बडिगाड गाउँपालिका–५, दाह्रेगौंडा नजिकै बडिगाडतिरमा बालुवा झिक्ने क्रममा निसिखोला गाउँपालिका–६ का विक बेपत्ता भएका हुन् ।

खोलबाट बालुवा झिकेर आराम गरिरहेको अवस्थामा गर्मी भएको भन्दै पौडी खेल्न खोलामा पस्दा उनी बेपत्ता भएको प्रहरी चौकी खार ग्वालिचौरका प्रहरी सहायक निरिक्षक गुरुप्रसाद न्यौपानेले बताए । बेपत्ताको खोजी कार्य शुरु भएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू