जाजरकोटमा बन्दुक बोकेर हिंड्दाहिंड्दै

जाजरकोटमा बन्दुक बोकेर हिंड्दाहिंड्दै

जाजरकोटमा अवैध बन्दुक बोकर एक जना पुरुष ठमठम हिँडेको देखेपछि प्रहरीले उनलाई पक्रेको छ । भेरी नगरपालिका ६,भेरे बस्ने ५५ वर्षीय रगवीर घर्ती बन्दुक बोकेर हिँडेको अभियोगमा प्रहरी हिरासतमा पुगेका हुन् ।

एक थान एकनाले भरुवा बन्दुक बोकेर हिँडिरहेको अवस्थामा घर्तीलाई फेला पारेको जिल्ला प्रहरी कार्यालय,जाजरकोटले जनाएको छ । उनीमाथि आवश्यक अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाइएको जानकारी पनि प्रहरी कार्यालयले दिएको छ ।

टिप्पणीहरू