​छक्काले कान्छीलाई छेक्दा

कुनै समयका बाघ निर्माताका छवि बनाएका छवि ओझाको चार्म घटेकै हो वा उनी आफ्नै चेलाको स्टारडमबाट हच्केका हुन् ? सिने वृत्तमा चर्चा चल्न थालेको छ । पहिला चर्चा थियो छायांकनपूर्व दीपकराज गिरी र दीपा निरौलाहरूद्वारा निर्माण गरिएको छक्कापञ्जा २ रिलिज मिति भदौ १६ गतेबाट असोज ११ गतेलाई सारिएको थियो । दीपक दीपाले चलचित्र रिलिज मिति तोकेकै दिन छवि ओझा निर्मित तथा कान्छीपत्नी शिल्पा अभिनीत ‘मंगलम्’ को प्रदर्शन मिति निर्धारित गरिएको थियो ।

यी दुईबीचको भाले भिडन्तबाट अन्ततः छवि ओझा पछि हटेका छन् । उनले असोज ११ गते दीपकका लागि छाडिदिएका छन् र उनी फागुन ४ मा धकेलिएका छन् । यसरी तोकिएको मितिमा चलचित्र प्रदर्शन गर्नबाट हात झिक्नुको पछाडि चलचित्रका विक्रेता अर्थात् हलमालिकले मध्यस्थता गरेका थिए । एफडी र बिके फिल्मसले मध्यस्थताकर्ताको भूमिका निर्वाह गरेपछि छवि ब्याक हुन राजी भएका हुन । दीपाश्री निरौलाले निर्माण गरेको चलचित्रमा वर्षा राउत, प्रियंका कार्की, दीपकराज गिरी, स्वस्तिका खड्का, केदार घिमिरे, जितु नेपाल, बुद्धि तामाङ, स्वरूप पुरुष ढकाल, किरण केसी, शिवहरि पौडेल, निश्चल बस्नेतलगायतको अभिनय छ । भने, छविराज ओझाको मंगलममा सहनिर्मात्रीको रूपमा शिल्पा पोखरेललाई देख्न पाइन्छ । 

टिप्पणीहरू