काँग्रेस महाधिवेशनमा पत्रकारको लर्को

काँग्रेस महाधिवेशनमा पत्रकारको लर्को

पत्रकारको स्वतन्त्र भूमिकामाथि चौतर्फी प्रश्न उठिरहेका बेला सिन्धुपाल्चोक र काभ्रेका एक दर्जनभन्दा बढी पत्रकार नेपाली काँग्रेसको आसन्न राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छानिएका छन् ।

काङ्ग्रेसनिकट नेपाल प्रेस युनियन सिन्धुपाल्चोक शाखामा आवद्द तारानाथ दाहाल,सुदर्शन आचार्य, युवराज पुरी,भरत खड्का,दुर्गा आचार्य,चित्र मिजार,रामचन्द्र दुलाल,सुनिता भण्डारी,प्रितम तामाङ,रामबाबु कोइराला, मानकाजी तामाङलगायतका पत्रकार क्षेत्रीय प्रतिनिधि चुनिएका हुन् ।

त्यसैगरी,काभ्रेमा पनि दर्जनौँ पत्रकार महाधिवेशन प्रतिनिधि चुनिएका छन् । महासंघका अध्यक्ष बद्रिराज तिमल्सिना, पूर्वअध्यक्षहरु भोला थापा,ईश्वरी ओझा,महेश पौड्याल,नारायण सापकोटा,सदस्यहरु मधुसुदन तिमल्सिना,मोहनकृष्ण तिमल्सिना,कौशलराज खड्का कपिल कोइराला,शंकर अधिकारी र राजाराम गौतम ।काभ्रे र सिन्धुपाल्चोकमा मात्र होइन मोफसलका अधिकांश पत्रकार काँग्रेसको १४औं महाधिवेशनमा प्रतिनिधि छानिनका लागि चुनावी प्रतिस्पर्धामै उत्रिएका छन् ।

नेपाल पत्रकार महासंघको विधानले पत्रकारलाई कुनै पनि राजनीतिक दलमा सक्रिय भूमिकामा रहन बन्देज गरेको छ । विधानमा महासंघका केन्द्रीय समिति,प्रदेश समिति वा शाखा समितिका पदाधिकारी तथा सदस्यले पदमा बहाल रहेसम्म कुनै राजनीतिक दल वा भातृ संगठनको कुनै पनि तहको विभाग वा समितिमा रही काम गर्न नपाउने उल्लेख छ ।

तर,काँग्रेस,एमाले र माओवादीलगायतका प्रमुख राजनीतिक दलका विभिन्न तहका कमिटीमा ठूलो संख्यामा पत्रकारहरु सक्रिय रहेका छन् ।

टिप्पणीहरू