रोकिएको पिकअप पछि सर्दा एकको मृत्यु

रोकिएको पिकअप पछि सर्दा एकको मृत्यु

पिकअप रोकेर ओट नलगाइकन पिसाव फेर्न जाँदा इलाममा एक जना यात्रुको ज्यान गएको छ । रोकेको पिकअप पछाडि सर्दा किचिएर ज्यान गुमाउनेमा इलाम माइजोगमाइ गाउँपालिका ५ सोयाङ गणेश गोलाइका ५७ बर्षीय खिरबहादुर तामाङ रहेका छन् ।

हिजो साँझ पौने ७ बजे इलाम बजारबाट सोयाङतर्फ जाँदै गरेको थियो । मे १ च ६३४४ नम्बरको सो पिकअप गाडी रोकिएको बेला सोही गाडीमा सवार तामाङ पिसाब फेर्न निस्केका बेला अचानक गाडी पछाडी सर्दा उनलाई किचेको थियो ।

उनको तत्कालै घटनास्थलमानै मृत्यु भएको बताइन्छ । प्रहरीले पिकअप र चालक इलाम सन्दकपुर गाउँपालिका २ माइपोखरी का ३० बर्षीय महेश राईलाई नियन्त्रणमा लिएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान भईरहेको जनाएको छ ।

टिप्पणीहरू