काँग्रेसको अधिवेशनमा छोराछोरी र सालासाली

काँग्रेसको अधिवेशनमा छोराछोरी र सालासाली

अर्को पार्टीबाट काँग्रेसमा प्रवेश गरेको नाममा मनपरी ढंगले क्रियाशील सदस्यता वितरण गरिएको भन्दै सुर्खेतमा काँग्रेसको अधिवेशन प्रभावित बनेको छ । अखण्ड नेपाल पार्टीबाट आएको भन्दै आफ्नालाई क्रियाशील सदस्यता वितरण गरिएपछि लेकबेशी नगरपालिका वडा नम्बर १० कार्यसमितिले आपत्ति जनाएको हो ।

समितिले वडा,नगर,क्षेत्र र जिल्लाको सिफारिस नभए पनि केन्द्रबाट मनपरी ढंगले अखण्ड पार्टीको नाममा काँग्रेसकै साधारण सदस्यलाई सदस्यता वितरण गरिएपछि त्यहाँ लफडा भएको जनाइएको छ ।

वडा सभापति भीमबहादुर खड्काले काँग्रेसकै सदस्यलाई अखण्डको भनेर सदस्यता वितरण गरेपछि केन्द्र आफैँले विवाद खडा गरेको आरोप लगाएका छन् ।

काँग्रेस लेकबेशीका सहसंयोजक कमल आचार्यले केन्द्रले नै विवाद खडा गरिदिएका कारण जिल्ला अधिवेशन नै अन्योलमा परेको बताए । उनले क्षेत्रीय प्रतिनिधि उठ्नेहरुका भाइ,छोराछोरी,साला र सालीको नाममा सदस्यता वितरण गरेर अधिवेशनलाई नै अन्यौलमा पार्ने काम भएको आरोप लगाएका छन् ।

यसैबीच वडा नम्बर १० का १ सय ७ जना सदस्यले केन्द्रबाट सोझै सदस्यता थपिएकोमा बिरोधसभा समेत गरेका छन् ।

टिप्पणीहरू