फुटबल जित्नेलाई झन बढी फाइदा

फुटबल जित्नेलाई झन बढी फाइदा

नेपालगञ्जमा एक लाख रुपैयाँभन्दा बढी धनराशीको पुरस्कार रहेको फुटबल प्रतियोगिता हुने भएको छ । रोयल नेपालगञ्ज फुटबल क्लबले असोज १५ गतेदेखि नेपालगञ्ज रंगशालामा प्रथम बागेश्वरी नकआउट फुटबल प्रतियोगिताको आयोजना गर्न लागेको हो ।

बाँके जिल्लाका खेलाडीलाई प्रोत्साहित गर्ने उद्देश्यले क्लबले प्रतियोगिता गर्न लागेको क्लबका अध्यक्ष एवम् एन्फा लुम्बिनीका उपाध्यक्ष सूर्यमणि अधिकारीले जानकारी दिएका छन् ।

प्रतियोगिताको लागि असोज ११ गतेसम्म टीम दर्ता गर्न सकिने बताइएको छ । त्यसको निम्ति बाँके जिल्ला फुटबल संघ,राष्ट्रिय खेलकुद परिषद्, जिल्ला प्रशासन कार्यालय र स्थानीय सरकारमध्ये कुनै एकमा दर्ता भएका क्लबले प्रतियोगितामा भाग लिन पाउने बताइएको छ ।

तर प्रतियोगितामा भाग लिने खेलाडी बाँके जिल्लाबासी हुनु पर्ने अनिवार्य शर्त राखिएको छ । प्रतियोगिताका विजेताले एक लाख ११ हजार एक सय ११ रुपैयाँ नगद प्राप्त गर्ने आयोजकले जनाएको छ ।

त्यस्तै, द्वितीय हुनेले ५१ हजार एक सय ११ रुपैयाँ पाउने छ ।

टिप्पणीहरू