सास फेर्न साह्रै सकस,ज्यान जाने जोखिम ज्यादा : विश्व स्वास्थ्य संगठन

सास फेर्न साह्रै सकस,ज्यान जाने जोखिम ज्यादा : विश्व स्वास्थ्य संगठन

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले विश्वका अधिकांश मुलुकको वायुप्रदुषण पहिले आँकलन गरिएभन्दा पनि घातक देखिएको बताएको छ । संगठनका अनुसार विश्वभर वायुप्रदुषणका कारण हरेक वर्ष झण्डै ७० लाख मानिसको अकालमा ज्यान जाने गरेको छ ।

वायुप्रदुषणको प्रमुख कारकमध्ये नाइट्रोजन अक्साइडले वायुमण्डलमा रहेको उच्चसुरक्षा तहको मापदण्ड र घेरालाई घटाउँदै लगेको संगठनले निश्कर्ष निकालेको छ । वायुप्रदुषणबाट न्यून र न्यूनमध्यम आय भएका देश सबैभन्दा बढी प्रभावित भएका छन् ।

वायु प्रदुषणलाई धुम्रपान र अस्वस्थकर खानपान सरह तुलना गर्दै विश्व स्वास्थ्य संगठनले आफ्ना १ सय ९४ सदस्य राष्ट्रलाई कार्बन डाइअक्साइड उत्सर्जन कम गर्न र जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणका लागि रचनात्मक पहल थालिहाल्न समेत आग्रह गरेको छ ।

टिप्पणीहरू