संबैधानिक नियुक्तिको विवादमा चढ्यो पेशी

संबैधानिक नियुक्तिको विवादमा चढ्यो पेशी

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश विवाद किनारा लगाउन आज फेरि अर्काे पेशी तोकिएको छ । यसअघि गत १७ भदौमा सर्वाेच्चका न्यायाधीश हरि फुयाँलको एकल इजलाशले अन्तरिम आदेश दिएसँगै सर्वाेच्च अदालतमात्र विवादित भएन,संवैधानिक इजलासको सुनुवाइ नै रोकिन पुग्यो ।

झण्डै २१ दिनसम्म यही लफडामा अल्झिएको सो मुध्दाको किनारा लगाउन आज दोश्रोपटक प्रधानन्यायाधीश राणानिकट न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको इजलाशमा पेशी तोकिएको छ । ५ नम्बर इजलाशको पहिलोमै राखेर आज सुनुवाई हुन लागेको हो ।

गत ५ पुसमा केपी शर्मा ओलीले पहिलो पटक संसद बिघटन गरेर संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएका थिए । सोही अध्यादेशमा टेकेर पुस र वैशाख २६ गते गरी विभिन्न संवैधानिक निकायहरुमा ५२ जनालाई नियुक्ति दिलाइएको थियो । जसमा प्रधानन्यायधीश राणाको भागबाट समेत अख्तियार र निर्वाचन आयोगका आयुक्तसहित केही परेका थिए ।

अध्यादेशको आडमा टेकेर संवैधानिक निकायहरुमा नियुक्ति लिएको बिषयलाई किनारा लगाउनुपर्ने यो मुध्दा ८ महिना व्यतित हुँदासम्म पार लाग्न सकेको छैन । बरु अझै संवैधानिक इजलाशमा को बस्ने वा को नबस्ने भन्ने लफडामै अल्झिरहेको छ ।

कानुन व्यवसायीहरुले आफैं जोडिएको मुध्दा आफैंले हेर्न नमिल्ने भन्दै प्रधानन्यायाधीश राणा सो मुध्दाबाट अलग हुनुपर्ने माग राखेका थिए । कानुन व्यवसायीहरुको मागअनुसार प्रधानन्यायाधीश राणाले यो मुध्दाको आफू पहिलो र अन्तिम फैसलाबाट आफू अलग हुने बताइरहेकै बेला गत १७ असारमा न्यायाधीश फुयाँलको एकल इजलासले संवैधानिक इजलास रोक्ने अन्तरिम आदेश दिएसँगै संवैधानिक इजलाश न्यायाधीश फुयाँलको कारण बन्धक बन्न पुगेको थियो ।

सोही मुध्दाको आज सुनुवाई हुन लागेको हो,दोश्रो पटक ।

सो मुध्दामा आज विपक्षी, एमिकस क्युरी र रिट निवेदकले बहस गर्ने बताइएको छ । सर्वोच्च अदालत स्रोतका अनुसार सर्वाेच्च अदालत,न्याय परिषद् र कानुन व्यवसायी परिषद्ले लिखित जवाफसमेत आजै पेश गर्नेछन् ।

टिप्पणीहरू