सरकार त सिस्नो जस्तो भयो,जता छोयो उतै पोल्ने-केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी ओलीले वर्तमान सरकार सिस्नो जस्तै रहेको बताएका छन् । काठमाण्डौमा कार्यकर्ताहरुलाई सम्वोधन गर्दै ओलीले यो सरकारले जता छोयो उतै पोल्ने दावा गरेका हुन् ।

सरकारमा रहेकाहरुमा न नीति,न भिजन केहि नभएको दावा गर्दै ओलीले आफ्नो सरकार हटाउनेहरु अहिले अत्तालिएको बताए । अर्को प्रसङ्गमा उनले आफूले विकासको लहर ल्याएकोले आत्तिएर षडयन्त्र भएको दावा पनि गरे ।

अब त हामीले बनाएका बाटाहरु प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने,आफूले निर्माण सम्पन्न गरेका बिजुली बालेर शुभारम्भ गर्ने होलान् -ओलीले भने ।

चिल्ला सडकमा हिँड्न डराउनेहरु आफूविरुद्ध लागेको दावीसहित उनले थपे- रेलको छुक छुकसँग आत्तिएकाहरु अहिले सरकारमा छन् । त्यसैले हो, यिनीहरुले देशलाई मन्त्रीसमेत नदिएको

टिप्पणीहरू