आज पनि २ जना मृत अवस्थामा फेला परे

आज पनि २ जना मृत अवस्थामा फेला परे

नुवाकोट र सप्तरीमा आज दुई जना मृत अवस्थामा फेला परेका छन् । नुवाकोटको किस्पाङ गाउँपालिका २, चिलाउने बस्ने भरत तामाङका १३ वर्षका छोरा प्रितम तामाङ घरबाट ३ किलोमिटर टाढा सोले पुल मुनी मृत अवस्थामा फेला परेका हुन् ।

घरबाट पाहा मार्न जान्छु भनी हिँडेका उनी घर नफर्केपछि खोजी गर्नेक्रममा उक्त स्थानमा शव फेला परेको हो । उता सप्तरीको सप्कोशी नगरपालिका ११, मलेठ बस्ने ५५ वर्षीय हरिहरप्रसाद चौधरी घरबाट एक सय मिटर टाढाको पोखरीमा मृत अवस्थामा फेला परेका छन् ।

कन्चनपुरतर्फ गएका उनी फर्कि नआएपछि खोजी गर्ने क्रममा पोखरीमा उनको शव फेला परेको हो ।

टिप्पणीहरू