१० वर्षअघि जबरजस्ती करणी गरेका व्यक्ति समातिए

१० वर्षअघि जबरजस्ती करणी गरेका व्यक्ति समातिए

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी १० वर्षपछि पक्राउ परेका छन् । भक्तपुर सल्लाघारी बस्ने सिन्धुपाल्चोकका ३८ वर्षीय च्याङ्वा भनिने सागर तामाङलाई प्रहरीले समातेको हो ।

उनले त्यतिबेलाकी १५ वर्षीया बालिकालाई काठमाडौंमा राम्रो काम लगाइदिने प्रलोभनमा पारी दोलालघाटबाट सँगै काठमाडौ ल्याएर कोटेश्वरस्थित शुभलक्ष्मी गेष्ट हाउसको ३०६ नम्बरको कोठामा डर त्रास देखाई २०६८ कात्तिक २० गते जबरजस्ती करणी गरेका थिए ।

जिल्ला अदालत काठमाडौंको २०७१ वैशाख ५ गतेको फैसलाले तामाङलाई ९ वर्ष कैद र पीडितले प्रतिवादीबाट नगद १० लाख रुपैयाँ क्षतिपूर्ति पाउने सजाय र आदेश ठहर भएको थियो ।

त्यसपछि फरार तामाङलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको टोलीले सल्लाघारी चोकबाट पक्राउ गरेको हो ।

टिप्पणीहरू