प्रधानमन्त्री देउवा हामीले बनाएको घरमा सर्दै हुनुहुन्छ : ओली

पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले सिन्को नभाँचेको आरोप लगाउनुभएको छ । एमाले उपत्यका विशेष प्रदेश कमिटीले आयोजना गरेको बृहत भेलालाई सम्बोधन गर्दै ओलीले सबै विकास निर्माणका काम आफूले गरेको बताउनुभएको हो ।

पछिल्ला दुई वर्षमा आफूले सुतेको धरहरा उठाएको, रानिपोखरीलगायतका भुकम्पले क्षती पुर्याएका संरचनाको पुनर्निर्माण गरेको बताउँदै उहाँले अबको केही दिनमा आफूले नै बनाएको भवनमा प्रधानमन्त्री देउवा सर्न लाग्नुभएको बताउनुभएको छ ।

उहाँले प्रधानमन्त्री निवास बालुवाटारमा नवनिर्मित भवनमा प्रधानमन्त्री सर्न लाग्नुभएको विषयमा टिप्पणी गर्दै उक्त कुरा बताउनुभएको हो ।

ओलीले भन्नुभयो, ‘आफूहरुले विकासका कार्य गरेको तर देउवा सरकारले रिबन काट्ने, बत्तिका स्वीच थिच्दै हिँड्ने काम मात्रै गरेका छन् ।’ भिजन नभएको सरकारको उपमा समेत दिएका ओलीले अर्थ नीतिको अर्थ नै थाहा नभएका अर्थमन्त्रीको समेत खेदो खनेका खन्नुभएको छ ।

संविधान दिवसको उलक्ष्यमा दिइएको पदकको विषयमा बोल्दै ओलीले राष्ट्रपतिकी छोरीलाई आफूले दिएको पदक उनलाई नभएर मदन भण्डारीलाई दिइएको समेत बताउनुभएको छ ।

टिप्पणीहरू