आज मृतक संख्या दोब्बर, संक्रमित उस्तै

आज मृतक संख्या दोब्बर, संक्रमित उस्तै

आज मुलुकभर १ हजार २ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै संक्रमणको कारण आज १३ जनाको निधन भएको छ । यसअघि हिजो ६ जना र अस्ति ५ जनाको निधन भएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै मुलुकभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ७२ पुगेको छ । पछिल्लो २४ घण्टामा ११ हजार ६ सय २९ जनामा पीसीआर तथा ३ हजार ६ सय १४ जनामा एन्टिजेन गरी १५ हजार २ सय ४३ जनामा परीक्षण गरिएको बताइएको छ ।

यसबीचमा १ हजार ३ सय २४ जना कोरोना संक्रमणमुक्त भएका छन् । मुलुकभर अझै २० हजार ७ सय ४३ जना सक्रिय संक्रमित छन् । तीमध्ये १९ हजार ४ सय ३७ जना होम र १ हजार ३ सय ६ जना संस्थागत आइसोलेसनमा छन् ।

कोरोना संक्रमितमध्ये ३ सय ४० जनाको आइसीयु र १ सय ११ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

टिप्पणीहरू