नेविसंघ सभापति कौडाको खालबाट पक्राउ, ४ लाखबढी बरामद

नेविसंघ सभापति कौडाको खालबाट पक्राउ, ४ लाखबढी बरामद

झापामा जुवाखालबाट नेपाली काँगे्रसको भातृ संगठन, नेविसंघका सभापति पक्राउ परेका छन् । दमकमा जुवातास खेलिरहेको ठाउँमा प्रहरीले छापा मार्दा पक्राउ परेका १७ जनामध्ये एक जना नेविसंघ झापाका सभापति हुन् ।

पक्राउ परेका सभापति राजेन्द्र उप्रेतीले प्रहरी हिरासतमा कन्काई ३, का जुवाडे सुनिल शाह नाम लेखाएका थिए । उनले नाम ढाँटेको शंका लागेपछि प्रहरीले अन्य जुवाडेहरुको समेत नागरिकता मगाएर सक्कली नाम ठेगाना पत्ता लगाउने प्रयास गरेको थियो ।

शाहलगायत झण्डै डेढ दर्जन जुवाडे दमक १ मा रहेको हिमाल देवानको घरमा जुवामा मस्त भइरहेको बेलामा प्रहरीले छापा मारेको थियो । त्यसक्रममा नेविसंघका अध्यक्ष उप्रेतिसहित भद्रपुर ७ का युवराज न्यौपाने, दिलबहादुर राई, बिर्तामोड १ का तीर्थ अधिकारी, भद्रपुर १० का ठाकुरप्रसाद निरौला पक्राउ परेका हुन् ।

त्यसैगरी गौरादह ५, का हरि कोइराला, कमल ४ का सुविन्द्र सुब्बा, कन्काइ ३ का मोहन बराल, मोरङ ग्रामथान ४ का लक्ष्मीप्रसाद अधिकारी, नैनकुमार चौधरी, रुपेश तामाङ, मोरङ शनिश्चरे ४ का बलराम बस्नेत, गंगाराम मगर, बेलबारी ११ का निशान पोखरेल, दमक ७ का कर्ण राई, राजन दाहाल र बिनोद थेवेलाई पनि पक्राउ गरिएको छ ।

उनीहरुको साथबाट ४ लाख २७ हजार ६ सय रुपैया र १६ थान कौडा समेत बरामद गरेको बताइएको छ ।

टिप्पणीहरू