छुट्टाछुट्टै सवारी दुर्घटनामा ३ जनाको ज्यान गयो

छुट्टाछुट्टै सवारी दुर्घटनामा ३ जनाको ज्यान गयो

तनहुँ र सुनसरीको छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाले ज्यान गुमाएका छन् । सुनसरीको इटहरी उपमहानगरपालिका २, बरगाछीस्थित कोशी राजमार्गमा को. ३० प ६२१७ नम्बरको स्कुटरलाई को. २ त ५३१७ नम्बरको ट्याक्टरले ठक्कर दिँदा स्कुटर चालक ४० वर्षीया नीरा प्रधानको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी प्रधानको घोपा धरान अस्पतालमा उपचारको क्रममा मृत्यु भएको बताइएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सुनसरीकै बर्जु गाउँपालिका २, टेङ्ग्रा खोलास्थित सडकमा को. १८ प २७६८ नम्बरको मोटरसाइकल अनियन्त्रित पल्टिँदा मोटरसाइकल चालक २८ वर्षीय राजेश यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका यादवको गोल्डेन अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।

उता तनहुँको ऋषिङ गाउँपालिका ६, ढुङ्गागाडेमा ग. १ त ५४७८ नम्बरको ट्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ । गम्भिर घाइते भएका ब्यास नगरपालिका १०, बैरेनी बस्ने २० वर्षीय लोकबहादुर बोटेको गण्डकी अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको हो ।

टिप्पणीहरू