मुलुकमा खेत बाँझै, भारततिर सयौं क्विण्टल केराउ निर्यात

मुलुकमा खेत बाँझै, भारततिर सयौं क्विण्टल केराउ निर्यात

नेपालमा निर्वाहको लागि पनि उब्जनी नहुने केराउ भारततर्फ सँधै निर्यात हुने गरेको छ । भन्सार छलेर सबैभन्दा धेरै निकासी गरिने उपजमा केराउ पनि एक हो । विशेषगरी कपिलवस्तु, रुपन्देही र बाँकेबाट भारततर्फ लुकाइ छिपाइ केराउ लैजाने गरिएको छ ।

भन्सार छलेर नेपालबाट भारततर्फ लैजाँदै गरिएको झण्डै २७ लाख रुपैयाँ मूल्य बराबरको २ सय २५ क्विन्टल हरियो केराउ प्रहरीले बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय कृष्णनगर र बोर्डर आउट पोष्ट (बीओपी) कृष्णनगरबाट खटिएको प्रहरी टोलीले कुनै कागजात नभएका छ वटा ट्रकमा नेपालबाट भारततर्फ लैजाँदै गरेको हरियो केराउ फेला पारेको हो ।

कपिलवस्तुको कृष्णनगर नगरपालिका २, गल्लामण्डी र कृष्णनगर चन्द्रौटाबाट जाँदै गरेका छ वटा ट्रक र त्यसमा रहेको हरियो केराउ आवश्यक कारबाहीका लागि भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुले जनाएको छ ।

टिप्पणीहरू